back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा पुस ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस ८ बुधवार

648 

shares

८ पुस, काठमाडौं । नेपालमा बुधबार (८ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ९० हजार ७४० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६ हजार ५५९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ७ हजार ५१५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ३९६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ११९ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २४८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १७, प्रदेश २ मा ७, बागमती प्रदेशमा ९७, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिममा २ जना गरी जम्मा २४८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना र कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा शून्य गरी जम्मा ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं र ललितपुर रहेको छ भने क्वारेन्टिनमा ४०९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु रहेको छ ।

त्यस्तै आज थपिएका ७४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । साथै आज ९५२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।

कोरोनाबाट नेपालमा आज ७४३ संक्रमित, ९५२ जना निको ५ जनाको मृत्यु
नेपालमा आज ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ५५९ नमुना परीक्षणमा उपत्यकाका ३१८ जनासहित देशैभरी ७४३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २७९ र ४६४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ३३, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३७८, गण्डकी प्रदेशमा १३२, लुम्बिनी प्रदेशमा ९६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ९१ जना रहेका छन् ।
आज थपिएका ७४३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९५२ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । निको हुनेको यो दर ९६.३ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ११९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २२१, प्रदेश २ मा २८, बागमती प्रदेशमा १९०० गण्डकी प्रदेशमा ६५६, लुम्बिनी प्रदेशमा ७३०, कर्णाली प्रदेशमा १०६ र सुदूरपश्चिम प्रदेशमा ४७८ जना गरी ४ हजार ११९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ३९६ जनाको उपचार भइरहेको छ ।

नेपालमा आज ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना निको भए, ३ जनाको मृत्यु

वि.सं.२०७७ पुस ८ बुधवार १७:१८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...