back
CTIZAN AD

प्रचण्ड-माधव अध्यक्ष रहेको पार्टीमा गोलवद्ध हुन नेकपा प्रवास समन्वय कमिटीको अपिल

वि.सं.२०७७ पुस ८ बुधवार

756 

shares

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटिले विदेशस्थित भातृ संगठनहरुलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधब कुमार नेपाल अध्यक्ष रहेको आधिकारीक पार्टीमा गोलवद्ध हुन अनुरोध गरेको छ ।

नेकपाभित्र पछिल्ला चरणमा देखा परेका आन्तरिक संकटका कारण प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएसँगै देशभित्र अहिले राष्ट्रिय संकट देखापरेको अवस्थामा देश तथा विदेशमा रहेका लाखौं समर्थक तथा कार्यकर्तालाई दुःखी तुल्याएको कमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईँ र सचिव श्रीप्रसाद साहद्धारा बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा संगठित प्रवासी नेपाली एकता मन्च र त्यसमा आवद्ध सबै सदस्यहरुलाई हामी धैर्यतापूर्वक क. पुष्पकमल दाहाल प्रचण्ड र क. माधव कुमार नेपाल अध्यक्ष रहेको आधिकारिक नेकपामा गोलबद्ध हुन, पार्टीभित्र पैदा भइरहेको गलत प्रवृत्तीविरुद्ध विधि प्रकृया अनुसार एकतावद्ध भएर परास्त गर्दै अघि बढ्न र विगतमा झै नेपालको हरेक परिवर्तनका मोडहरुमा सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्दछौं ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

Image may contain: text

वि.सं.२०७७ पुस ८ बुधवार १८:०० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...