back
CTIZAN AD

प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेसले एकल नेतृत्वमा देशैभरी आन्दोलन गर्ने

वि.सं.२०७७ पुस ८ बुधवार

813 

shares

८ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमविरुद्ध देशैभरी आन्दोलन गर्ने जनाएको छ ।

मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले देशव्यापीरुपमा आन्दोलनमा जाने कुरामा सबै नेताहरु सहमत भएको बताइएको छ ।

‘तर, कांग्रेसले अन्य दलसँग संयुक्तरुपमा आन्दोलन गर्ने नभएर एकल नेतृत्वमा आन्दोलनमा जाने भन्ने विषयमा हिजोदेखि आ–आफ्नो धारणा राख्नु भएका साथीहरुको विचार आएको छ ।’ कांग्रेस नेता बल बहादुर केसीले संसारन्युजलाई बताए ।

नेता केसीका अनुसार मंगलबार र बुधबार ८ जना नेताहरुले आफ्नो धारणा राखेको र आन्दोलनका कार्यक्रम र समयबारे भने सबै सदस्यको विचार प्राप्त भएपछि मात्र निर्णय गरिनेछ । बैठक फेरि भोली (९ गते) पनि निरन्तर बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्षको सिफारिसमा आइतबार प्रतिनिधिसभा विघटन भएसँगै कांग्रेसले प्रधानमन्त्रीको उक्त कदम असंबैधानिक भन्दै त्यसकाविरुद्ध देशैभरी आन्दोलन गर्ने बताएको थियो ।

वि.सं.२०७७ पुस ८ बुधवार १८:३४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...