back
CTIZAN AD

नेपालमा आज ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना निको भए, ३ जनाको मृत्यु

वि.सं.२०७७ पुस ७ मंगलवार

996 

shares

७ पुस, काठमाडौं । नेपालमा आज ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार नमुना परीक्षणमा उपत्यकाका ३६५ जनासहित देशैभरी ७२२ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका मध्ये प्रदेश १ मा ८४, प्रदेश २ मा ५, बागमती प्रदेशमा ४५७, गण्डकी प्रदेशमा ५९, लुम्बिनी प्रदेशमा ७०, कर्णाली प्रदेशमा २६ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७२२ जनामा महिला ३१० र पुरुष ४१२ जना रहेका छन् ।  आज थपिएका ७२२ जनासँगै नेपालमा हालसम्म २ लाख ५५ हजार २३६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६६ रहेको छ । आज निको भएका ९६६ जनासँगै देशैभरी निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३ जनाको मृत्यु भएको छ । पछिल्ला केही दिन यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या क्रमश घट्दै गएको छ ।
आज थपिएका ३ जनासँगै नेपालमा संक्रमणबाट मृतकको संख्या १७९८ पुगेको छ ।

त्यसैगरी नेपालमा मंगलबार (७ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ८४ हजार १८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । साथै हालसम्म देशैभरी संक्रिय संक्रमित ७ हजार ७२९ जना रहेका छन् भने क्वारेन्टिनमा ४१३ जना रहेका छन् ।

आज ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस ७ मंगलवार १६:३६ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...