back
CTIZAN AD

सेयर बजार उकालो लाग्यो, अनुमान गरेअनुरुप देखिएन राजनीतिक प्रभाव

वि.सं.२०७७ पुस ७ मंगलवार

909 

shares

७ पुस, काठमाडौं । देशको वर्तमान अवस्थाले नेप्सेमा नकरात्मक असर गर्ने अनुमान धेरैले गरेपनि सेयर बजारमा भने सकारातमक सुधार देखा परेको छ । साताको तेस्रो दिन मङगलबार सेयर कारोवार नेप्से ९५ दशपलव ४६ अंकले बृद्धी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन सिफारिस गरेसँगै राष्ट्रपतिद्धारा संसध विघटन गरिएकाे थियाे । उक्त दिन सेयर कारोवार नेप्सेमा पनि नकारातमक असर देखा प¥यो । आइतबार ओरालो लागेको सेयर बजार आज उकालो लाग्दै ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको छ । त्यस्तै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १५ दशमलव १८ अंकले बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।

हाल नेकपाको विवादले देशमा राजनैतिक अन्योलताको बातावरण सृजना गरेको छ । बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाविघटन गरेको छभने नेकपा फुटको संघारमा छ । यसले सेयर कारोबार ओरालो लाग्ने अनुमान गरिएपनि आजको सेयर बजारमा देखिको सकारातमक बृद्धीले भने राजनैतिक असर सेयर बजारमा नपर्ने देखिएको छ ।

आज १२ वटै कम्पनीको उपसुचक समुहको परिसुचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा कम्पनीका लगानिकर्ताहरुले कमाएका छन् । उनीहरुले ९५० दशमलब ९५ अंकले कमाएका छन् ।

आज कुल सुचिकृतमध्य २०५ कम्पनीको ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैया बराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता सेयर किनबेच भएको छभने तिनको कारोबारमा ५५ हजार ७२१ पटक लेनदेन भएको छ ।

आज सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीका लगानिकर्ताहरुले कमाएका छन् । उसले १३२६ अंकले कमाउदै १० प्रतिशतको बद्धी हासिल गरेको छ । त्यस्तै अंकका आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (२१३), शिखर इन्स्यारेन्स(१६६) ले कमाउदा नारायणी बिकाश बैंक(४८), युनाइटेड आइडिआइ(२९) लगाएतका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज कुल सूचिकृत कम्पनी मध्ये १५९ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ८ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ८ कम्पनीको कारोवारमा कुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १६:३८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...