back
CTIZAN AD

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

वि.सं.२०७७ पुस ७ मंगलवार

678 

shares

७ पुस, मोरङ । विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पतालको परिसरमा पार्किङ गरी राखेको को.३९ प २४४२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका बस्ने २० वर्षीय विवेक थन्दार, २० वर्षीय अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ बस्ने २० वर्षीय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० बस्ने २० वर्षीय नगेन्द्र चौधरी रहेका छन् ।

आइतबार बेलुका अस्पताल परिसरबाट उक्त मोटरसाईकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका९४ स्थित बुढाथोकी मार्गबाट प्रदेश.१९०२९०४२ प ७३४८ नम्बर राखेर नम्बर प्लेट परिवर्तन गरी मोटरसाईकल डोर्यानउँदै ल्याई रहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १६:४६ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...