back
CTIZAN AD

प्रचण्डको प्रश्न : एक तिहाईभन्दा कम सदस्य उपस्थित भएर दुई तिहाईभन्दा बढी सदस्य थप्न मिल्छ ?

वि.सं.२०७७ पुस ७ मंगलवार

714 

shares

पुस ७, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकलाई नौटंकीको संज्ञा दिएका छन् । बानेश्वरस्थित एक पार्टी प्यालेसमा आफुँ पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली पक्षले केन्द्रीय समिति विस्तार गर्ने गरेको निर्णयमाथि प्रश्न गर्दै उक्त निर्णय वैधानिक संस्थाले स्वीकार गर्न नसक्ने बताए ।

‘आज बिहान बालुवाटारमा जे भयो त्यो नौटंकी हो, एक तिहाईभन्दा कम सदस्य उपस्थित भएका दुई तिहाईभन्दा बढि सदस्य थप्न मिल्छ ? ’प्रचण्डको प्रश्न छ, ‘यस्तो निर्णयलाई निर्वाचन आयोगमा बुझाउनु नौटंकी बाहेक केही होइन, यस्तो नौटंकीलाई निर्वाचन आयोगजस्तो वैद्यानिक संस्थाले मान्यता दिन सक्दैन् ।’

प्रचण्डले संसद विघटन नभएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना हुने बताए । ‘हामी लिडिङ पार्टी हौ। अरू कुनै पार्टी पनि विघटन मान्न तयार छैनन्। हामीले अदालतमा अपिल गरेका छौं। अदालतबाट संसद पुनर्स्थपना हुन्छ’, उनले भने।

बैठकलाई सम्बोधन गर्दै उनले ओलीको कार्यशैली आपत्तिजनक रहेको पनि टिप्पणी गरे । ओलीले बैठकमा अरुले बोल्नै नपाउने भन्नै शैली अपनाएको भन्दै त्यो अधिकार कसले दियो भन्ने प्रश्न पनि गरे ।

उनले भने, ‘ुहामीले तयार पारेको प्रस्तावलाई छलफल गराउनै चाहनुभएन्। आरोपत्र भन्नुभयो। सचिवालय बैठकमा बोल्नै नपाउने। पार्टीको कार्यकारी अध्यक्षले बोल्नै नपाउने बोल्नै नदिने अधिकार उहाँलाई कसले दियो ?’

वि.सं.२०७७ पुस ७ मंगलवार १७:११ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...