back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहलाई नेकपाका बहुमत सांसदको साथ

वि.सं.२०७७ पुस ८ बुधवार

723 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहलाई बहुमत सांसदले साथ दिएका छन् । प्रचण्ड–नेपाल समुहले बुधबार बोलाएको संसदीय दलको बैठकमा भएको उपस्थितिका आधारमा यस्तो देखिएको हो ।

बुधबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ सांसद उपस्थित भएका थिए । एकिकृत नेकपाको प्रतिनिधिसभा तर्फ सभामुखसहित १७३ सांसद छन् ।

सांसदको संख्याका आधारमा झण्डै ५४ प्रतिशत सांसदले प्रचण्ड–नेपाल समुहलाई साथ दिएको देखिन्छ ।

दुई तिहाई केन्द्रीय सदस्य पनि प्रचण्ड–नेपाल समुहतिरै

पार्टी एकीकरण हुँदा नेकपाका ४४१ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । जसमध्ये ४ जनालाई मनोनित गरिएको थियो ।

त्यसयता तीन जना केन्द्रीय सदस्यको विभिन्न कारणले मृत्यु भएको छ भने ८ जनाले विभिन्न राजनीति तथा संवैधानिक नियुक्ती लिएर गएका छन् ।

जसअनुसार नेकपाको मौजदुता केन्द्रीय समिति ४३४ सदस्यीय हो । जसमध्ये ३१५ सदस्य प्रचण्ड–नेपाल पक्षमा छन् ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकमा ३१५ सदस्यले हस्ताक्षर गरेका थिए । प्रचण्ड–नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा बुझाएको पत्रमा पनि २९० जनाले हस्ताक्षर गरेका छन् ।

जसबाट प्रष्ट हुन्छ नेकपाको बहुमत पक्ष प्रचण्ड–नेपाल समुहमै छन् ।

वि.सं.२०७७ पुस ८ बुधवार १६:५६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...