back
CTIZAN AD

कोरोनाबाट नेपालमा आज ७४३ जना संक्रमित, ९५२ जना निको, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस ८ बुधवार

720 

shares

८ पुस, काठमाडौं । नेपालमा आज ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ५५९ नमुना परीक्षणमा उपत्यकाका ३१८ जनासहित देशैभरी ७४३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २७९ र ४६४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ३३, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३७८, गण्डकी प्रदेशमा १३२, लुम्बिनी प्रदेशमा ९६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ९१ जना रहेका छन् ।

आज थपिएका ७४३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९५२ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । निको हुनेको यो दर ९६.३ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।

नेपालमा आज ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना निको भए, ३ जनाको मृत्यु

वि.सं.२०७७ पुस ८ बुधवार १६:५२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...