back
CTIZAN AD

जसले संसद भंग गरेका छन् तिनले नै चुनाव खर्च बेहोर्नुपर्छ 

वि.सं.२०७७ पुस १२ आइतवार

897 

shares

संसदले कुनै गल्ती नगर्दै नगर्दा पनि, अड्चन नगर्दा नगर्दै पनि, आफ्नो घरदलभित्रको जोईपोईको झगडाका कारण बाख्राको खोर ठानिएको संसदलाई भत्काउने ओली र विद्याले नै यी सबै खर्बौँको खर्च आफ्नो खल्तिबाट बेहोर्नुपर्छ। जनतालाई किन यो भार थोपर्ने ? जनताले किन भार बोक्ने ?

ज–जसले संसद भंग गरेको ठिक छ भन्छन् तिनले नै आफ्नो खल्तिबाट सरकारी ढुकुटीमा दान दिएर चुनाव खर्च जुटाएर खर्च गराउन। अनि मात्र म संसद विघटन गरेको ठिक मान्न तयार छु। मेरो करको १ पैसा खर्च गरिनु भएन, पाईन्न। किनभने मैले ०७९ साल मंसीर सम्मको पदावधिका लागि मेरो जनप्रतिनिधि सांसद चुनेर पठाएको हो। मेरो जनप्रतिनिधि कसैको तलुवा वा कमारो हैन, मैले चुनेको हो। उसलाई हामी चुन्नेहरूले बाहेक पदावधि पूरा नभई अरू कसैले घोक्रेठ्याक लगाउन पाउन्न। अर्काको खल्तिबाट लुटेर आफू मोजमस्ति गर्न चुनाव गराउन पाउने भए त काईदाको मोजमज्जा हुने नै भयो नि। मेरो रगत पसिनाको पैसामा अरू कसैले मोजमज्जा गरेको मलाई सह्य छैन।

अब चुनावमा करिब जनताको तिरोको करिब रू ३०/५० अर्ब खर्च हुनेछ। त्यस्तै मासुच्युरा र चन्दामा पनि त्यतिकै खर्च हुनेछ। पालिकाहरूका र सरकारका नेताहरुले लुटेको र भ्रष्टाचारबाट कमाएको खर्बौं रूपैयॉको खोलो अबको चुनावमा बगाईने छ। जनतालाई चुसिरहेका ब्यापारीहरूसंग चुनाव खर्चका लागि चन्दा हसुरेर तिनलाई नांगो नाच गर्न दिदै पुन: जनतालाई चुस्न छुट हुनेछ, जसरी गत निर्वाचनमा लिएको भक्कुमार चन्दाका कारण हाल तिनै ब्यापारी र माफियाहरूले जनता र देश लुटिरहेका छन्। त्यसैले सरकार चुर्लुम्म भ्रष्टाचारमा डुबेको हो।

संसदले कुनै गल्ती नगर्दै नगर्दा पनि, अड्चन नगर्दा नगर्दै पनि, आफ्नो घरदलभित्रको जोईपोईको झगडाका कारण बाख्राको खोर ठानिएको संसदलाई भत्काउने ओली र विद्याले नै यी सबै खर्बौँको खर्च आफ्नो खल्तिबाट बेहोर्नुपर्छ। जनतालाई किन यो भार थोपर्ने ? जनताले किन भार बोक्ने ?

नभए, फजुलमा खर्बौँ खर्च गरिएको कसुरमा भविष्यमा कानुन बनाएर तिनी दुईबाट असुलउपर गर्नुपर्छ। No taxation without representation in a Democracy. लोकतन्त्रमा हाम्रा जनप्रतिनिधि वा सांसद वा संसदप्रति जवाफदेही नरहने सरकारले जनताबाट कर असुल्ने अधिकार राख्दैन। जनताले कर तिर्न बाध्य हुदैन।

वि.सं.२०७७ पुस १२ आइतवार १०:२९ मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...