back
CTIZAN AD

रहेनन् वरिष्ठ अर्थशास्त्री गोविन्दप्रसाद लोहनी

वि.सं.२०७७ पुस १२ आइतवार

1.1K 

shares

१२ पुष, काठमाडौँ । वरिष्ठ अर्थशास्त्री तथा लेखक गोविन्दप्रसाद लोहनीको निधन भएको छ ।

माक्र्सवादी लेखक, दार्शनिक, साहित्यकार, अर्थविद र विद्वान​ लोहनीको शनिबार वेलुकी १० व​जे लोहनीको निधन भएको पारिवार स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ अर्थशास्त्री, लेखक तथा पूर्व कूटनीतिज्ञ  लोहनीको ९३ वर्षको उमेरमा निधन भएको हो । विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्याका कारण मेडिसिटी अस्पताल भर्ना गरेर उपचार भैरहेको थियो ।

नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लोहन पाकिस्तानका लागि नेपाली राजदूतका रुपमा पनि काम गरेका थिए ।

लोहनीको जन्म वि.स. १९८५, कार्तिक, न्हैकन्तला, काठमाडौंमा भएको थियो ।

अर्थशास्त्र र माक्सवादी लेखनमा प्रखर लोहनीले संस्कृति, दर्शन र साहित्यका विभिन्न विधामा पनि कलम चलाएका छन् । नेतृत्वको भोक(कथा संग्रह(२०१०), कामरेड जाने होइन(२००८), चिनियाँ जनसंघर्षको इतिहास, आजको चीन इतिहास (वि.स. २००९), नेपालमा भूमि सम्बन्धको इतिहास, यो हो सोभियत रुस जस्ता उनका प्रकाशित मौलिक कृति रहेका छन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १२:४९ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...