back
CTIZAN AD

मध्यपुरथिमिमा तत्काल विद्यालय सञ्चालन नहुने

वि.सं.२०७७ पुस १२ आइतवार

684 

shares

१२ पौष, भक्त्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ ।

कोभिड–१९ को महामारीका कारण गत चैतदेखि बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्ने अनुमति नदिने जानकारी दिए । सामान्य स्वास्थ्य मापदण्डको पालना नहुनुले भाइरस सङ्क्रमणको उच्च रहेको हुँदा अहिलेका अवस्थामा विद्यालय सञ्चालन गर्न नहुने उनको भनाइ थियो ।

“अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लानसके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाई गराऔँ ।” कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि विद्यालय सञ्चालन गर्न रोक्न नहुने जिकिर गराएका थिए ।

सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको, स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षाका उपाय अवलम्बन गरी भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गरेका थिए।

मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीकाबीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धरासायी बनेको बताए । मध्यपुर प्याब्सनका कोषाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका शिक्षा समिति सदस्य सुमन बस्नेतले मध्यपुरथिमिका विद्यालयको अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा अध्यक्ष आचार्यले देशमै पहिलोपटक मध्यपुरथिमि नगरपालिकाले ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएकामा बधाई दिँदै नगर प्रमुख श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे । त्यसैगरी करातेमा दोहोरो स्वर्ण पदक विजेता मध्यपुरथिमिका खेलाडी मन्देकाजी श्रेष्ठलाई पनि अध्यक्ष आचार्यले सम्मान गरे । रासस

वि.सं.२०७७ पुस १२ आइतवार १२:३९ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...