back
CTIZAN AD

राप्रपा नुवाकोटले सिडियो कार्यालय पुगेर बुझायो ज्ञापनपत्र

वि.सं.२०७७ पुस १२ आइतवार

906 

shares

१२ पुष, नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नुवाकोटले पार्टीको केन्द्रीय निर्देशन वमोजिम जिल्ला प्रसासन कार्यालयमा पुगेर ज्ञापन पत्र वुझाएको छ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै बुझाइएको ज्ञापनपत्रमा
प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा फसेको जनाइएको छ ।

कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना जस्ता विषय जस्ता मागहरु ज्ञापनत्रमा उल्लेख छ ।

ज्ञापनपत्र वुझाउने कार्यक्रममा पार्टीका कार्यसम्पादन समिति सदस्य झनक प्याकुरेल, जनकराज पाठक,केन्द्रीय सदस्य तथा युवा अध्यक्ष राजु लोहनी, केस सुन्दर पान्डे, श्यामसुन्दर वलामि, इन्द्र धमला लगायतको उपस्थिति रहेको थियो। जिल्ला अध्यक्ष कुल बहादुर खडगिले प्रमुख जिल्ला अधिकार समक्ष ज्ञापन पत्र वाचन गरेर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, नगर कार्यसमिति का पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो।


ज्ञापनपत्र यस प्रकार रहेको छ:
मिति : २०७७ पौष १२ गते
सम्माननीय प्रधानमन्त्रीज्यु,
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौं ।
मार्फत : श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय ।
विषय : ज्ञापनपत्र ।
समकालीन इतिहासको सम्भवतः सर्वाधिक कठिन घडीबाट यतिबेला मुलुक गुज्रिरहेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाल पनि नराम्रोसँग थलिएको छ । जसका कारण नेपाली जनजीवन मात्रै होइन नेपाली अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विघटन पश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा फसेको छ ।

कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ । त्यसअघि उपरोक्त विषयमा सरकार गम्भीर बन्न र राप्रपाले उठाएका विषयलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै यो ज्ञापनपत्र पेश गरेका छौं ।

राप्रपाका मागहरु :
(१) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् ।

(२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् ।

(३) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस् ।

(४) बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस् । यस क्रममाः
(क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस् ।
(ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस् ।
(५) कोभिड–१९ को नियन्त्रणमा सरकार तदारुकताका साथ लागोस् ।
(ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म बेरोजगार भत्ता उपलब्ध गरियोस् ।

(६) भ्रष्टाचार बिरुद्ध नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । यस क्रममाः
(क) विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोबार संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस् ।
(ख) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
(ग) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत अयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस् ।
(घ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
(ङ) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड वडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि कानुन बमोजिम कार्वाही गरियोस् ।
(च) २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।
(छ) ललिता निवास जग्गा काण्ड, आयल निगम जग्गा खरिद भ्रष्टाचार, ओम्नी काण्ड र यति समुह सम्वद्ध भ्रष्टाचार काण्डका अपराधीहरुलाई तत्काल कारवाही गरियोस् ।
(ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने ।

(७) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस् ।

(८) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस् । यस क्रममाः
(क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस् ।
(ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस् ।

(९) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस् ।

(१०) पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस् ।

(११) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस् ।

(१२) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस् । यस क्रममा पशुपतीनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस् ।

(१३) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस् ।

(१४) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुला सिमा व्यवस्थित र नियमन गरियोस् ।

(१५) कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस्,

(१६) नागरिकता सम्बन्धि विवाद सधैंका लागि अन्त्य गर्नः
(क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस् ।
(ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस् ।

(१७) महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चालियोस् ।

(१८) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कानुन कडाईका साथ कार्यान्वयन गरियोस् ।

वि.सं.२०७७ पुस १२ आइतवार १६:०४ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...