back
CTIZAN AD

नवनियुक्ती पर्यटनमन्त्री ढकाल भन्छन् – अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो उद्देश्य हाेइन

वि.सं.२०७७ पुस १२ आइतवार

801 

shares

पुस १०, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आफ्नो उद्देश्य अतिरिक्त सुविधा र पैसा कमाउने नरहेको बताएका छन् । आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन् ।

‘स्वभाविमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिको उद्देश्य छैन, जति सक्छु म सेवामा समर्पित हुन्छु, जति कमाउनु छ सुनाम कमाउनु मात्रै छ’, उनले भने ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयमा आउने मन्त्रीहरु प्रायः बदनाम हुँदै आएको पनि बताए । पर्यटन मन्त्रालयलाई बदनामरहित बनाउन आफुँले सक्दो भूमिका खेल्ने उनको भनाई छ ।

तर, मन्त्री स्वंय यसअघि स्वास्थ्य मन्त्रालयमा रहँदा निकै बदनामीत भएका व्यक्ति हुन् । उनीमाथि लागेका गम्भीर आरोपहरु अहिले पनि छानबिनकै क्रममा छन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको अर्बौं खेलोमा उनको बदनीयतपूर्णं संलग्नता रहेको धेरैले आरोप लगाउने गर्दछन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १५:४७ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...