back
CTIZAN AD

तमु ल्होसारका अवसरमा शुभकामना गीत सार्वजनिक

वि.सं.२०७७ पुस १२ आइतवार

678 

shares

१२ पुष, काठमाडौँ । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।

गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।

पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङको छ भने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहेका मनराज गुरुङको शब्द सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विलन थापाले गरेका छन् ।

स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका हुन् । सो गीतका गायक पवन रानाको ‘ए साइली’ कौडा गीतमा अहिले देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ ।
रासस

वि.सं.२०७७ पुस १२ आइतवार १५:४५ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...