back
CTIZAN AD

क्रिस्टियानो रोनाल्डो शताब्दीकै उत्कृष्ट खेलाडी, रियल मड्रिड उत्कृष्ट क्लब घोषित

वि.सं.२०७७ पुस १३ सोमवार

1.9K 

shares

१३ पुस, काठमाडौं । जुभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘प्लेअर अफ दि सेन्चुरीक’ अवार्ड जित्दै २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनले उक्त अवार्ड बार्सिलोनाका लिओनल मेस्सी, लिभरपुलका मोहम्मद सालाह र ब्राजिलका पूर्व फुभटबल स्टार रोनाल्डिन्होलाई पछि पार्दै हात पारेका हुन् । दुबईमा भएको अवार्ड समारोहमा रोनाल्डोले दुबईका स्पोर्ट काउनसिल अध्यक्ष शेख मन्सुर बिन महम्मद बिन सासिद अल मोक्तामको हातबाट ‘प्लेअर अफ दि सेन्चुरीक’ अवार्ड प्राप्त गरे । उनी सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

रोनाल्डोले उक्त समयमा पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। म्यानचेष्टर युनाइटेडका लागि उनले तीन प्रिमियर लिग, रियल मड्रिडका लागि दुई ला लिगा र जुभेन्टसका लागि २ सिरी ए लागाएतका उपाधि दिलाएका रोनाल्डोले पोर्चुगलका लागि युरो कप र नेसन्स लिगको उपाधि जिताएका छन् ।

अवार्ड समाराेहमा उनले भने,‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो । धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु,’ रोनाल्डोले भने, ‘यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’

उक्त अर्वाड समारोहमा बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीले सन् २०२० को उत्कृष्ट खेलाडीको अवार्ड जिते । त्यस्तै बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले बर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड जित्दा बायर्न म्युनिख क्लब अफ दि इअर बन्यो ।

म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्ढिओला ‘कोच अफ दि सेन्चुरी’ घोषित भए । उता रियल मड्रिड शताब्दीकै उत्कृष्ट क्लब बन्दै ‘क्लब अफ दि सेन्चुरी’ को अर्वाड जित्न सफल बन्यो ।

रियल मड्रिडकै पुर्व गोलरक्षक इकर कासियास र बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड बाट सम्मानित भए ।

वि.सं.२०७७ पुस १३ सोमवार ११:०६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...