back
CTIZAN AD

सालक संरक्षणका लागि प्राणी उद्यानलाई जिम्मा

वि.सं.२०७७ पुस १४ मंगलवार

1.1K 

shares

१४ पुष, लहान । सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका लागि वन्य जैविक प्राणी उद्यानलाई जिम्मा लगाएको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

स१०प ३३३० नंको मोटरसाइकलमा लोड गरिएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले बाँसको चोयाले बनेको पेरुङ्गोमा उक्त सालक बरामद गरेको थियो । गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्कर मोटरसाइकल छाडेर भागेका थिए । सालक के प्रयोजनका लागि कसले तस्करी गरिरहेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ ।

यस्तै डिभिजन वन कार्यालयको टोलीले सिरहाको गोलबजार नगरपालिकाको मुक्सारबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

डिभिजन वन कार्यालय लहान सिरहा र सबडिभिजन वन कार्यालय गोलबजारको संयुक्त टोलीले मुक्सारस्थित जङ्गल क्षेत्रमा तस्करहरूले लुकाइछिपाइ राखेको अवस्थामा साखु र अन्य जातका गरी ८९ थान चिरान काठ बरामद गरेको छ । बरामद काठ बजार मूल्य करिब रु चार लाखभन्दा बढी रहेको प्रमुख दासले बताए ।
रासस

वि.सं.२०७७ पुस १४ मंगलवार ११:३३ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...