back
CTIZAN AD

केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या पु¥यायो १ हजार ९९

वि.सं.२०७७ पुस १४ मंगलवार

567 

shares

१४ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याइएको बताए ।

यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ । बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक/भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिए ।

बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली र शैक्षिक सत्रलाई तत्काल शुरु गर्न सरकारसँग आग्रह गरेको छ । बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने वातावरण बनाउन सबै विश्वविद्यालय र सरकारसँग आग्रह गरेको उपाध्यक्ष बरालले जानकारी दिए ।

बैठकले निर्वाचनका लागि वातावरण बनाउन अन्य सहकर्मी सङ्गठनसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नसमेत सरकारसँग आग्रह गरिएको छ ।

प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण सङ्गठनको पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दै सबै राजनीतिक दललाई निर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न अनुरोध गरेको छ ।

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १४:४९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...