back
CTIZAN AD

हस्पिटलको कार्यकारी निर्देशक भइन् वर्षा सिवाकोटी

वि.सं.२०७७ पुस १४ मंगलवार

762 

shares

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् ।

छाला,कपाल तथा नङ सँग सम्बन्धित काम हुने हस्पिटल हाल भैंसेपाटीमा रहेको छ भने बिस्तारै काठमाडौँका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने अभिनेत्री तथा सिइओ सिवाकोटीको भनाई छ । ‘अभिनयसँगै व्यापारिक क्षेत्र पाइला अगाडी बढाएकी वर्षाले सोमबार सामाजिक सञ्जालमा हस्पिटलको कार्यकारी निर्देशकमा नियुक्त भएको जानकारी गराएकी हुन ।

वर्षा लेख्छिन् ‘ चलचित्र उद्योगमा लामो समयदेखि अभिनेत्रीको रूपमा सक्रिय रहेको यहाँहरूलाई थाहै छ । तपाईँहरूको माया, साथ र हौसलाले हो, म चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएकी छु भन्ने महसुस गरेकी छु । यसै सन्दर्भमा आज यहाँहरूसमक्ष अर्को एउटा खुसीको खबर शेयर गर्न पाउँदा असाध्यै उत्साहित छु । कार्यकारी निर्देशकको रूपमा स्किन सिटीमा आबद्ध भएको जानकारी गराउन चाहान्छु । म र स्किन सिटीको परिवार यहाँ हरू लाई स्वागत गर्न आतुर छौँ । हाम्रो उद्देश्य छाला, कपाल र नङसँग सम्बन्धित रहनेछ । चलचित्र यात्रासँगै अब मेरो यात्रा यता पनि अघि बढेको छ ।’

वि.सं.२०७७ पुस १४ मंगलवार १५:०३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...