back
CTIZAN AD

न्यूजिल्याण्ड विरुद्ध फवाद आलमको सतक पुरा, खेल रोमाञ्चक हुदैँ

वि.सं.२०७७ पुस १५ बुधवार

666 

shares

१५ पुष, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका फवाद आलमले न्यूजिल्याण्ड विरुद्धको पहिलो टेस्टमा सतक जडेका छन ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्ड आफ्नो पहिलो इनिङ्गसमा १५५ ओभर खेल्दैँ ४३१ रन बनाएर अलआउट भएको थियो । न्यूजिल्याण्डका लागि पहिलो इनिङ्गसमा कप्तान केन विलियमसनले सर्वाधिक १२९ रनको पारी खेलेका थिए भने पाकिस्तानका लागि बलिङ्गमा शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिएका थिए ।

न्यूजिल्याण्ड क्रिकेट टिम अलआउट भए पछि ब्याटिङ्ग गर्न आएको पाकिस्तान आफ्नो पहिलो इनिङ्गसमा १०२.२ ओभरमा २३९ रन बनाएर अलआउट भएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा फहिम अशरफले सर्वाधिक ९१ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा काइल जेमीसनले सर्वाधिक ३ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा १९२ रनले लिड लिएको न्यूजिल्याण्डले आफ्नो दोस्रो इनिङ्गस १८० रनमा समाप्त गरेको थियो । दोस्रो इनिङ्गसमा न्यूजिल्याण्डका लागि टम बल्नडेलले सर्वाधिक ६४ रन बनाएका थिए ।

पहिलो र दोस्रो इनिङ्गसको रन जोड्दैँ न्यूजिल्याण्डले जितको लागि पाकिस्तानलाई ३७३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानले आफ्नो दोस्रो इनिङ्गसमा उत्कृष्ट ब्याटिङ्ग गरिरहेको छ । पाकिस्तान अहिले १०३ ओभरमा ५ विकेट गुमाएर २४० रनमा ब्याटिङ्ग गरिरहेको छ । पाकिस्तानका लागि फवाद आलमले सतक जडेका छन । उनी १०२ रनमा ब्याटिङ्ग गरिरहेका छन भने फहिम असरफ ० रनमा ब्याटिङ्ग गरिरहेका छन ।

पाकिस्तानले जितका लागि अब २५ ओभरमा १३३ रन बनाउनु पर्ने छ भने न्यूजिल्याण्डले जितका लागि पाकिस्तानको ५ विकेट लिनु पर्ने छ ।

वि.सं.२०७७ पुस १५ बुधवार ०९:४९ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...