back
CTIZAN AD

ओलीको कदम असंवैधानिक भएपनि अदालतलाई तर्साउने काम गर्नुभएन: सभापति देउवा

वि.सं.२०७७ पुस १६ बिहीवार

735 

shares

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जस्तो असंवैधानिक कदम चालेको बताएका छन् । उनले ओलीको प्रतिनिधिसभा विगटन गर्ने र चुनाव घोषणा गर्ने कदम असंवैधानिक रहेपनि यो मुद्दा अदालतमा बिचाराधिन अवस्थामा रहेकाले अदालतलाई धम्क्याउने किसिमले विरोधमा उत्रनु जाएज नहुने बताएका छन् ।

नेपाली काग्रेसको सूचना, सन्चार तथा प्रचार विभागले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले भने,‘ ओली जीले असंबैधानिक कदम चाल्नुभयो, यो कदमको हाम्रो पार्टीले देशभरिनै आवाज उठाइरहेको छ ।’ तर यो मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकाले अदालतको स्वतन्त्र न्यायिक अधिकार माथि चोट पुग्ने हिसाबले गतिविधि गर्न नहुनेमा उनले जोड दिएका थिए ।

उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएपनि अदातललाई स्वतन्त्र रुपममा निर्णय लिन सहज वातावरण निर्माण गर्नुपर्ने बताएका थिए । उनले भने,‘ हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् अदालतलाई यसो गर, यो भएन , भन्दै तर्साउनु उचित हुँदैन । ’

उनले नेपाली काग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वतन्त्र न्यायिक निकायलाई  निर्णय गर्न सहज वातावरण मिलाइदिनु पर्नेमा जोड दिएका थिए । काग्रेसले आफ्नो आगामि कदमहरुपनि अहिंसात्मक तरिकाले अघि बढाउने उनले बताए ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:५५ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...