back

हतियारधारी समूहद्वारा दुहवीमा लुटपाट

वि.सं.२०७३ माघ ५ बुधवार

468 

shares
GLOBAL IME AD
NTC AD

५ माघ,इटहरी । नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा मङ्लबार लुटेर लगेका छन् ।

अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाई पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिई आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेर लैजान सफल भएको बाताइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय दुहवीले लुट्न आएका सबैले नकाब लगाएको र सो स्थानमा भएको क्राइम कन्ट्रोल क्यामेरा समेत लुटेरा समूहले लगेका कारण लुटेराको पहिचान गर्न गाह्रो भएको भए पनि प्रहरीले खोजतलास जारी राखेको बताएको छ ।

लुटेरा समूहको आक्रमणबाट घाइते भएका प्रबन्धक जीतु अग्रहरीको स्थानीय उपचार केन्द्रमा उपचार गरिएको पनि इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । रासस

वि.सं.२०७३ माघ ५ बुधवार ०५:२८ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...