back
CTIZAN AD

आआफ्नो कर्तव्य निर्वाह बोध गरेमा देशको भलो हुने– पूर्वराष्ट्रपति डा.यादव

वि.सं.२०७७ पुस १६ बिहीवार

750 

shares

१६ पुष, काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो । “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।

“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो । अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भने, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ । (रासस)

वि.सं.२०७७ पुस १६ बिहीवार १६:२८ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...