back
CTIZAN AD

मुख्यमन्त्री पोखरेल भन्छन् – लोडसेडिङको अन्त्य कुलमानले होइन, प्रधानमन्त्री ओलीले गरेका हुन्

वि.सं.२०७७ पुस १६ बिहीवार

945 

shares

पुस १६, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । बिहिबार ओली पक्षीय नेकपाको प्युठान भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएको विद्युत खरिद सम्झौताको परिणाम नै लोडसेडिङ्गको अन्त्य भएको पोखरेलको दाबी छ । उनका अनुसार कुलमान घिसिङले विद्युतभार व्यवस्थापनको मात्रै काम गरेका हुन् ।

‘नाकाबन्दीमा अडान लिएर जब प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुभयो, नेपाल–भारत सम्बन्धको इतिहासमा सबैभन्दा बढी स्वागत–सत्कार पाउनुभयो, आज मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको छ, यो त्यही भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणाम हो ’, उनले भनेका छन् ‘कुलमानजीले चुहावट नियन्त्रण गरेकै हो, तर लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’

उनका अनुसार प्रधानमन्त्री ओलीकै नेतृत्वमा कानूनहरुमा व्यापक सुधार भएसँगै जलविद्युत आयोजनाहरुको निर्माण काम धमाधम भईरहेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आईसकेपछि उहाँले कानुनमा सुधार गरिकन । जग्गा प्राप्तिको कुरालाई सरलीकृत गरिदिनु भयो । आज निजी क्षेत्रका जति पनि जलविद्युत आयोजनाहरू छन्, धमाधम निर्माणको प्रक्रियामा अगाडि बढेका छन् ।’

वि.सं.२०७७ पुस १६ बिहीवार २०:४१ मा प्रकाशित

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...