back
CTIZAN AD

सत्ता कांग्रेसका लागि प्यारो छैन, सरकार चुनाव चाहदैन : प्रदीप पौडेल

वि.सं.२०७७ पुस १६ बिहीवार

777 

shares

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताएका छन् ।

४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी निय्क्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले गलत काम गरेको आरोप लगाए ।

आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताए ।

कार्यक्रममा पार्टीका सचिव विश्व बाँस्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेललगायतले जननायक बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए । रासस

वि.सं.२०७७ पुस १६ बिहीवार २०:४० मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...