back
CTIZAN AD

लोकतन्त्र बलियो बनाउन संविधानको संरक्षण गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७७ पुस १६ बिहीवार

717 

shares

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् ।

कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि सभा पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।

प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट पारे । निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनको थियो । कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उनले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए ।

वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाउने तर्क राखेका थिए ।

सो अवसरमा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रतिनिधिसभा विघटनले नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गर्दै त्यसको पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प हुने बताए । रासस

वि.सं.२०७७ पुस १६ बिहीवार २०:२४ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...