back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहद्वारा मुख्यमन्त्री राईमाथि कारबाही, राईद्वारा अविश्वासको प्रस्ताव ल्याउनेमाथि कारबाही

वि.सं.२०७७ पुस १६ बिहीवार

699 

shares

पुस १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनसँगै सुरु भएको कलहको आगो प्रदेश स्तरमा दन्कीन थालेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुँविरुद्व अविश्वास प्रस्ताव ल्याउनेमाथि जबाफी कारबाही स्वरुप निलम्बन गर्ने निर्णय गरेका छन् ।

राईले आफुँविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराउन हस्ताक्षर गरेकामध्ये १५ जनालाई निलम्बन गर्ने निर्णय गरेका हुन् । यसअघि बिहिबार नै नेकपाको प्रचण्ड–नेपाल समुहले मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाउँदै भीम आचार्यलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । जुन निर्णयको जवाफ स्वरुप उनले १५ सांसदलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

राईले आफुँविरुद्व हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । उनले हस्ताक्षर अभियान चलाउने सबैमाथि स्पष्टीकरण सोधेका थिए । बिहिबार प्रचण्ड–नेपाल पक्षले संसदीय दलबाट हटाउने निर्णय गरेसँगै उनले स्पष्टीकरण सोधेका सांसदमाथि निलम्बन गर्ने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री राईविरुद्वको अविश्वासको प्रस्तावमा १९ जनाले हस्ताक्षर गरेका थिए । तर, राईले बिहिबार १५ जनालाई मात्रै निलम्बन गरेका छन् । उनले आफुँविरुद्वको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने केहिलाई भने जवाफ दिएको भन्दै कारबाही गरेका छैनन् ।

को–को छन् राईले निलम्बन गरेका सांसद ?

राईले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १९ सांसदमध्ये १५ सांसदमाथि ३ महिनाको निलम्बनको निर्णय गरेका छन् । उनले प्रस्तावमा हस्ताक्षर गर्ने ४ सांसदमाथि भने कारबाही गरेका छैनन् ।

राईले कारबाही गरेका सांसदमा भीम आचार्य, इन्द्रबहादुर आङबो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङबुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लिलाबल्लभ अधिकारी, लछुमन तिबारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुशुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मी छन्। हस्ताक्षर गरेका तर कारबाही नपरेका सांसदमा झलकवहादुर मगर, तुलसीप्रसाद न्यौपाने, उषाकला राई र रामकुमार राई छन् ।

वि.सं.२०७७ पुस १६ बिहीवार २०:१० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...