मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । लेनदेनमा अलि होसियार रहनुहोला ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ । तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । महत्वाकांक्षी योजना बिग्रन सक्छ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको आम्दानी प्राप्त हुनाले समस्या टर्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने हुन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । जिम्मेवारी भने प्राप्त हुनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा भाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ । काम देखाएर अरूको मन लोभ्याउने समय छ । शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
२०७७ पुस १७ गते,( शुक्रवार, १ जनवरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ पुस १७ शुक्रवार ०७:४३ मा प्रकाशित




























