back
CTIZAN AD

बेवारिसे अवस्थामा शव फेला

वि.सं.२०७७ पुस १७ शुक्रवार

777 

shares

१७ पुष, गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो ।

शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५ र ३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग सर्प र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।
रासस

वि.सं.२०७७ पुस १७ शुक्रवार १०:३७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...