back
CTIZAN AD

हिमाली पर्यटकको उद्धारलाई प्रभावकारी बनाइने

वि.सं.२०७७ पुस १७ शुक्रवार

618 

shares

१७ पुष, काठमाडौँ । देशको उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक, हिमाल आरोही तथा नेपाली पथप्रदर्शक, पर्यटकका सहयोगी एवं स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा तथा विपद्को समयमा आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

हिमालयन उद्धार सङ्घ नेपालको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद धरेलले मानव जीवनको रक्षाका लागि ४७ वर्षदेखि उद्धारका क्षेत्रमा क्रियाशील सो संस्थाको भूमिकालाई आगामी दिनमा अझ विस्तार गर्ने जनाएका हुन् ।

सङ्घले हाल विदेशी पर्यटक, पथप्रदर्शक, तीर्थयात्री, स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र फेरिचे स्वास्थ्य चौकी, सगरमाथा उघार शिविरमा स्वास्थ्य क्लिनिक एवं गोसाइँकुण्डमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने उनको भनाइ छ ।

लेक लाग्ने रोग तथा पर्वतीय सुरक्षासम्बन्धी तालीम, प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्ने अध्यक्षले बताए ।

कार्यक्रममा पर्यटक विभागका महानिर्देशक रुद्रसिंह तामाङले हिमाल आरोहण तथा पर्वतीय पदयात्रामा जाने पर्यटकको जीवन रक्षामा सङ्घले पु¥याउँदै आएको सहयोग निकै प्रशंसनीय रहेको बताउँदै पर्यटक एवं तीर्थयात्रीको बढी आवातजावत हुने मुक्तिनाथलगायत उच्च पहाडी भेगमा पनि स्थयीरुपमै उद्धार सेवा सञ्चालन गर्नुपर्ने धारणा राखे ।

सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्रदेव भट्ट र उपाध्यक्ष कुमार रानाभटले पनि नेपालको पर्यटक प्रवद्र्धनमा सङ्घले पु¥याएको योगदान र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा बोलेका थिए ।

हालै सम्पन्न साधारणसभाले धरेलको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष कुमार रानाभट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी तथा सदस्यहरुमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, पृथ्वी श्रेष्ठ, परशुराम कार्की, गोविन्द घिमिरे र यादव अधिकारी रहेका छन् । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।
रासस

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:२३ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...