back
CTIZAN AD

लकडाउनले डो¥यायो च्याउखेतीतर्फ

वि.सं.२०७७ पुस १७ शुक्रवार

732 

shares

१७ पुष, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेशियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेशिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस सङ्क्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेशिया जाने सोच सफल हुन सकेन् ।

गत चैतको दोस्रो सातादेखि यहाँ बन्दाबन्दी गरिएपछि घर खर्च चलाउने चिन्ताले केही समय गाउँमै भौँतारिएका रानाले गत भदौदेखि च्याउखेती थालेका छन् । “रु ४० हजार लगानी गरेर घरमै च्याउखेती गरेका थिए, अहिले रु ८० हजार कमाइसकेको छु”, रानाले भने, “च्याउखेतीको तालीम लिएर अहिले गोब्रे च्याउखेती गरेको छु ।”

आफ्नै भूमिमा आयमूलक काममा लाग्ने प्रण गरेपछि च्याउखेती थालेका राना आफू सन्तुष्ट रहेको बताए । “कोरोना प्रभावित र गाम्रीण बस्तीसम्म सरकारको कृषि अनुदानको रकम पुग्नसके यहाँ स्वदेशी उत्पादन जे पनि गर्न सकिन्छ”, उनले भने, “प्रदेश सरकारले पनि कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन आवेदन दिए पनि गाउँमा त्यसबारे जानकारी नै भएन ।”

त्यसैगरी बेलौरी नगरपालिका–३ का वडाध्यक्ष नेत्रराज गिरीले गाउँमा तरकारीखेती, च्याउखेती र विभिन्न आयमूलक काममा युवाको आर्कषण बढिरहेको बताए । “तरकारी फलाएर यहाँ धेरैले घरको जीविका आनन्दले चलाएका छन्”, वडाध्यक्ष गिरीले भने, “यहाँ उत्पादित बस्तुभाउ बजारसम्म पु¥याउन सवारीसाधनको समस्या देखिएको छ ।”

उनले आयमूलक काममा अग्रसर हुनेलाई वडा र नगरपालिकाबाट पनि विभिन्न अनुदान प्रदान भइरहेको बताए । त्यसैगरी गाउँकै रामबहादुर चौधरीले तरकारीखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । “स्थानीयस्तरका साथै महेन्द्रनगर, अत्तरीया र धनगढीसम्म यहाँबाट तरकारी खपत हुन्छ”, चौधरीले भने, “यहाँका किसानलाई दातृ निकायबाट प्राविधिक जनशक्ति उपलब्ध हुँदा सहज पनि भएको छ ।”

त्यस्तै यहाँको शुक्लाफाँटा नगरपालिका–१ का राजेन्द्र चौधरी दुई वर्षपछि मलेसियाबाट फर्किएर गाउँमा किराना पसल सञ्चालन गरिरहेका छन् । कोरोनाका कारण रोजगार गुमेपछि घर फर्किएका चौधरीले गाउँमा थोरै लगानीमा पसल सञ्चालन गरेको बताउँदै आफू व्यापारमा जमेर लाग्ने योजनामा रहेको जानकारी दिए । “विदेशमा गर्ने मेहनत यहाँ गरे जे पनि काम गर्दा मुनाफा नै हुन्छ”, उनले भने, “स्वदेशमा स्वरोजगारका लागि प्रयासरत युवालाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कृषि क्षेत्रमा कोरोना प्रभावित बढिरहेको बताए । “तरकारीखेती, पशुपालनलगायतका काममा अनुदानका लागि पनि आइरहेका छन्”, उनले भने, “प्रदेश सरकारबाट कोरोना प्रभावित तथा युवा लक्षित कार्यक्रमअन्तर्गत सहयोग भइरहेको छ ।” कार्यविधिअनुसार कृषितर्फ प्रभावित युवालाई रु ३० हजार अनुदान सहयोग प्रदान भइरहेको सिंले बताए । “प्रभावित ८०० युवाले पहिलो चरणमा आवेदन दिए पनि छनोट गर्दै जाँदा प्रक्रिया पूरा गरेका सय जनालाई छनोट गरिएको हो”, उनले भने, “फेरि पनि प्रभावित प्रक्रिया पूरा गरेर कागजात पेश गरे केही सम्बोधन गर्नसक्ने भनिएको छ ।”

वि.सं.२०७७ पुस १७ शुक्रवार १४:५६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...