back
CTIZAN AD

कांग्रेस सांसद जितेन्द्र देवको प्रधानमन्त्री ओलीलाई प्रश्न – पार्टीभित्र समस्या भयो भन्दैमा संसद विघटन गरिदिने ?

वि.सं.२०७७ पुस १७ शुक्रवार

720 

shares

पुस १७, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संसदमा सरकार बनाउने क्षमता परीक्षण नभएसम्म प्रतिनिधि सभा विघटन हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्ने व्यवस्था नरहेको बताए ।

‘म पनि संविधान निर्माणमा सक्रिय सहभागी हुने सभासद् हुँ,’ उनले भने, ‘सालैपिच्छे सरकार फेरिने र अस्थिरता रोक्नको लागि राजनीतिक रुपमा धारा ७६ मा यो व्यवस्था राखिएको हो।’

पार्टीभित्र समस्या आयो भन्दैमा प्रतिनिधि सभा विघटन गर्न मिल्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जितेन्द्र देवले प्रश्न गरेका छन् । उनका अनुसार कुनै पनि देशभक्त र परिवर्तनकारीले संसद विघटन गर्ने निर्णय गर्नै सक्दैन ।

‘तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्नेरु देशलाई खाल्डोमा जाकिदिनेरु दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन’, उनले भने।

वि.सं.२०७७ पुस १७ शुक्रवार १७:४८ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...