back
CTIZAN AD

प्रचण्ड र नेपालतर्फ इंगित गर्दै ओलीले भने – भेट्नु कुहेर झरेका फल !

वि.सं.२०७७ पुस १८ शनिवार

696 

shares

पुस १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता आफुँसँगै रहेको दाबी गरेका छन् । शनिबार आफुँ पक्षीय भेलालाई प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

ओलीले आफुँ नेतृत्वको पार्टी असली भएको कारण निर्वाचन आयोग जान नपर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई कुहिएको भेट्नोको संज्ञा पनि दिए ।

‘हामी निवेदन हाल्न गईरहनु पर्ने आवश्यकता छैन्, हामी विधि सम्मत ढंगले, लोकतान्त्रिक ढंगले, संविधानसम्मत ढंगले पार्टीको विधान अनुसार, पार्टीको नियमावली अनुसार देशको कानूनअनुसार पार्टी सञ्चालन गरिरहेका छौं, अब भेट्नो कुहिएर झरेका दुईटा फलहरुले रुखै मैं हुँ भनेर दाबी गर्ने ?’, ओलीको प्रश्न छ ।

यस्तो छ आफुँ पक्षीय भेलालाई उनले गरेको सम्बोधन

उहाँहरु पार्टी फुट्यो भनेर कराई राख्नु भएको छ । निर्वाचन आयोगबाट हिजो मैंले एउटा पत्र प्राप्त गरें । उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ । असली हामी हौं भनेर । यो बर्बजीयाको बुडाको पेडा पसल हो ? असली र नक्कली ? असली बुढो मैं हुँ, असली बुढोको पेडा पसल भनेर टाँगेर अहिले पेरिस डाँडामा उहाँहरु १२/१५ जना पत्रकार सम्मेलन गर्नुभएको छ । असली बुढाको पेडा पसल भनेर । पेडा पसल हो यो असली ?

हामी असली हौं, पार्टी हाम्रो हो । हामी नै असली हौं । सुर्य चिन्ह हामीलाई दिनु होला । निवेदन हाल्नु भएको छ । निर्वाचन आयोगले हिजो मलाई जानकारी दियो । यस्तो यस्तो निवेदन हाल्नु भएको छ भनेर ।

जस्को घर हो उ निवेदन हाल्न जान्छ? मेरो घर हो भनेर । जसको जमिन हो उ मेरो जमिन हो भनेर जान्छ ? हामीले बनाएको पार्टी हो । त्यसकारण हामी निवेदन हाल्न गईरहनु पर्ने आवश्यकता छैन् । हामी विधि सम्मत ढंगले, लोकतान्त्रिक ढंगले, संविधानसम्मत ढंगले पार्टीको विधान अनुसार, पार्टीको नियमावली अनुसार देशको कानूनअनुसार पार्टी सञ्चालन गरिरहेका छौं । अब भेट्नो कुहिएर झरेका दुईटा फलहरुले रुखै मैं हुँ भनेर दाबी गर्ने ?

वि.सं.२०७७ पुस १८ शनिवार १६:३० मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...