back
CTIZAN AD

दैनिक ११ घण्टा लोडसेडिङ, विद्यार्थीहरु बढी मारमा

वि.सं.२०७७ पुस १९ आइतवार

972 

shares

१९ पुस, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् । जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो ।

हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ । रासस

वि.सं.२०७७ पुस १९ आइतवार ०८:३३ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...