back
CTIZAN AD

रत्ननगर नगरपालिकामा कृष्णसार ल्याउन अध्ययन शुरु

वि.सं.२०७७ पुस १९ आइतवार

756 

shares

१९ पुष, चितवन । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र विभागका सहायक इकोलोजोष्टि हेमराज आचार्य सदस्यसचिव रहेका छन् ।

केही वर्ष अघिदेखि नै टिकौलीमा कृष्णसार ल्याउने विषयमा बहस शुरु भएपछि ठोस काम हुन सकेको थिएन । संयोजक आचार्यका अनुसार यसै साता प्रतिवेदन दिने गरी काम भइरहेको छ । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार ल्याउन उपयुक्त देखिएमा लाग्ने खर्च, ल्याउन सकिने सङ्ख्या, ठाउँ तयार पार्न लाग्ने खर्च र समय, ल्याएपछिको व्यवस्थापन कसले र कसरी गर्ने लगायतका विषयमा अध्ययन भइरहेको छ ।

सो ठाउँमा कम्तीमा २० हेक्टर जमीन कृष्णसारका लागि छुट्याउन सकिने अनुमान गरिएको छ । ल्याउन उपयुक्त देखिएमा बर्दियाको खैरापुर वा शुक्लाफाँटाबाट स्थानान्तरण गरी ल्याइने उनको भनाइ छ ।

उनले भने, “सम्भावना रह्यो भने यो ठाउँ दोस्रो स्थानान्तरण हुनेछ ।” यसअघि खैरापुरबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । सङ्ख्या हेरेर दुवै ठाउँबाट पनि ल्याउन सकिने उनले बताए ।

आचार्यले कृष्णसार स्थानान्तरण गर्न सकिएमा प्रजाति विविधीकरणसँगै वंश संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न बताए । यससँगै यहाँको पर्यटन प्रबद्र्धन र खाली बसेको जमीनको उपयोग हुने उनी बताउँछन् । रत्ननगर नगरपालिकाले पनि कृष्णसार ल्याउने विषयमा पहल गरिरहेको छ ।

नगरपालिकाका प्रमुख नारायण वनले अन्य भौतिक संरचना निर्माण गर्न नमिल्ने सो ठाउँमा कृष्णसार ल्याउँदा यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “अध्ययनन शुरु भएको छ, आगामी फागुनसम्ममा ल्याउने गरी तयारी गरेका छौं ।”

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले समितिले अध्ययन थालेकाले प्रतिवेदनको आधारमा काम अघि बढ्ने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा कृष्णसार थपिएमा यहाँको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
रासस

वि.सं.२०७७ पुस १९ आइतवार १२:४६ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...