१९ पुष, काठमडौँ । महिला तर्फको प्रधानमन्त्री कपको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । फाइनल खेलमा साविक विजेता एपीएफलाई ६ रनले पराजित गदैँ प्रदेश नं १ ले पहिलो पटक उपाधि आफ्नो नाममा गरेको हो ।
दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको प्रदेश नं १ ले २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो । प्रदेश नं १ का लागि ब्याटिङ्गमा अफसरी बेगमले सर्वाधिक ३४ रन बनाएकी थिइन् भने काजल श्रेष्ठले २९ र कप्तान रुविना श्रेत्रीले १८ रन बनाएकी थिइन् । एपीएफका लागि बलिङ्गमा सीता राना मगरले ४ ओभरमा १७ रन खेर्चेर सर्वाधिक ३ विकेट लिएकी थिइन् ।
प्रदेश नं १ ले दिएको १०६ रनको लक्ष्य एपीएफले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । एपीएफले २० ओभरमा ७ विकेट गुमाएर९९ रन मात्र बनाएको थियो । एपीएफका लागि ममता चौधरीले ३४ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकिनन् । प्रदेश नं १ का लागि बलिङ्गमा कप्तान रुविना श्रेत्री र एलिसा खदियाले सर्वाधिक २/२ विकेट हात पर्न सफल भएका थिए ।
जितसँगै प्रदेश नं १ ले पहिलो पटक प्रधानमन्त्री कपको उपाधी आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७७ पुस १९ आइतवार १५:५४ मा प्रकाशित


























