back
CTIZAN AD

सुधारको योजनाका साथ नाफामा निरन्तरता दिर्दै आयल निगम

वि.सं.२०७७ पुस १९ आइतवार

816 

shares

१९ पुस, काठमाडौं । नेपाल आयल निगम नयाँ सुधारका योजनाहरुका साथ अघि बढ्दै छ । निगम पछिल्लो पाँच वर्षदेखि निरन्तर नाफामा रहेको छभने अझै सुधारको योजनाहरु सहित अगाडी बढ्दै  छ ।

निगम मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि अझै बढी नाफामा जाने देखिएको छ । गत वर्षदेखि सञ्चालनमा ल्याएको पाइपलाइनबाट साढे एक अर्ब रूपैयाँ निगमले बचत गरेको छ । पाइपलाइनको सफलतासँगै निगमले हाल मुख्य ६ योजनाहरु अघि सारेर काम अगाडी बढाइरहेको छ ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार निगमले जनकपुरमा एलपीजी ग्यासका लागि भण्डार गृह बनाउने गयारी पनि थालेको छ । एलपी ग्यासको भण्डारण गृह नरहेको हालको अवस्थालाई मध्यनजर गर्दै अर्को महत्वपूर्ण योजना अघि सारेको हो । योसँगै निगमले पोखरामा ५-५ हजार किलोलिटरको दुई फ्युल डिपोको निमार्ण कार्य यसअधिनै सुरु गरिसकेको छ ।

निगम नेपालको एकमात्र इन्धन आयातित कम्पन्नी भएकाले उसले आफ्नो कार्यलयलाई समय सापेक्ष रुपमा पप्डेट गर्दै लाने उद्देश्यले अत्याधुनिक आधुनिक कर्पोरेट अफिस बनाउने योजना पनि निगमको रहेको छ । त्यस्तै निर्माणको चरणमा रहेका दुई राष्ट्रिय गाैरवको आयोजना पोखरा र गौतमवुद्ध विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो बनाउने तयारीमा रहेको छ ।

गतवर्षबाट संचालनमा आएको पाइपलाइनबाट साढे एक अर्ब बचत गरेको निगम अब अमलेखगञ्जको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलगुडीबाट झापासम्म अर्को अन्तरदेशीय पाइपलाइन निमार्ण गर्ने गृहकार्यमा रहेकाे छ । यसको सुरुवात स्वरुप निगमाले सिलगुडीबाट झापासम्मको रुट पहिचानको लागि सर्वे समेत गरिसकेको छ ।

समय सापेक्ष सुचना प्रविधिको विस्तार गर्दै लग्ने योजनाका साथ निगमले अटोमेशनको काम पनि अगाडि बढाएको छ ।

लगातार पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि  लगातार पाँच वर्ष नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:५५ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...