back
CTIZAN AD

४० वर्ष पुग्नु भो ? इम्युनिटी बढाउन खानुहोस् यी ८ कुरा

वि.सं.२०७७ पुस १९ आइतवार

744 

shares

महिला या पुरुष दु्वैले बढ्दो उमेरसँगै आफ्नो स्वास्थ्यमा अझ बढी ध्यान दिनुपर्ने हुन्छ । बढ्दो उमेरसँगै शारिरीक परिवर्तनका कारण पुरुष भन्दा बढी महिलाको मोटाब्लिजम सिस्टम र मांशपेशीहरु कमजोर हुँदै जान्छन् । विज्ञका अनुसार ४० वर्षमाथिका महिलाहरुले आफ्नो इम्युन सिस्टम बढाउनका लागि दैनिकी खानेकुरामा यी कुरा पनि सामेल गर्नु राम्रो हुन्छ ।

आउनुहोस् जानौं के-के खाँदा राम्रो हुन्छ त ?


बदाम–ओखर-शरिरका लागि स्वास्थ्यवद्र्धक मानिने तथा प्रोटिन र फाइबर भरुपुर रहेको बदाम र ओखर इम्युनिटी बढाउनका लागि फाइदाजनक हुने स्वास्थ्यविज्ञ बताउँछन् । बदाम र ओखर खानाले वजन नियन्त्रण गर्न समेत सहयोग गनेए हुनाले यसलाई दैनिकी खानामा सामेल गर्न राम्रो हुने बताइन्छ ।

स्याउ- दिनहुँ एकदाना स्याउ खानाले मानिसलाई सबै प्रकारका रोगबाट टाढा राख्ने बताइन्छ । स्याउ खाँदा लामो समयसम्म भोक नलाग्ने, यसको सेवनले हृदयघातको सम्भावना पनि कम गर्ने र शरीरलाई चुस्त दुरुस्त राख्न सहयोग गर्दछ ।

Boiled Eggs Recipes: 10 brilliant ideas to transform boiled eggs from bland to grand

अन्डा-महिलाको शरीरमा भिटामीन डी र आइरन दुवै कम हुन्छ । अन्डा महिलाको स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुने बताइन्छ । यसमा भरपुर मात्रामा प्रोटिन पाइनुका साथै कोलेस्ट्रोलको लेवल घटाउने र मोटोपन घटाउन सहयोग पुग्ने तत्व हुने बताइन्छ । प्रोटिनको मात्रा बढी हुने हुनाले महिलाको लागि अन्डाको दैनिक सेवन निकै फाइदाजनक हुने बताइन्छ ।

अमिला खालका फल-चिसो मौसममा बजारमा किवी, सुन्तला कागती लगायतका अमिला फलफूल भरपुर मात्रामा पाइन्छ । विशेषत यी फलमा हुने फाइबर, भिटामीन सी र अन्य धेरै प्रकारका पोषक तत्वका कारण हाम्रो स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन्छ । यस्ता फलहरु मोटोपन हुनेहरु र हृदयरोगको खतरा भएकाहरुका लागि निकै नै फाइदाजनक मानिन्छ ।

ការ៉ុត/Carrots - Modern Rice

गाजर-भरपुर मात्रामा भिटामीन ए पाइने गाजरको सेवन पनि स्वास्थ्यका लागि निकै नै फाइदाजनक मानिन्छ । गाजरको सेवन इम्युनिटी बढाउनुका साथै हाम्रो छाला र आँखाको लागि पनि राम्रो मानिन्छ । यसमा पाइने फाइबर तथा मुख्य तत्वले हाम्रो अनुहारमा चमक ल्याउन पनि सहयोग गर्दछ ।

8 health benefits of Greek yogurt

दही-दही क्याल्सियम र प्रोटिनको सबैभन्दा राम्रो श्रोत मानिन्छ । यसमा रहेको गुणकारी तत्वले हाम्रो शरीरमा धेरै प्रकारका फाइदा पुर्याउछ । दही हाम्रो इम्युनिटी बढाउनका लागि महत्वपूर्ण चिज मानिन्छ ।

माछा- त्यस्तै माछाको सेवन पनि महत्वपूर्ण हुन्छ । त्यसमा पनि ‘ओइली फिस’को सेवन निकै नै फाइदाजनक मानिन्छ । ओइली फिसमा ओमेगा ३ फ्याटि एसिड पाइने हुनाले यसले शरीरको इम्युनिटी बढाउने मात्र नभइ मुटु र दिमागलाई चुस्त दुरुस्त राख्न सहयोग गर्दछ ।

How To Use Chia Seeds - add Chia to your diet @EatByDate

चिया सिड्स-भरपुर मात्रामा फाइबर, ओमेगा थ्री, फ्याटी एसिड, म्याग्नेशियम पाइने चिया सिड्सको सेवनले हड्डि बलियो बनाउने मात्र नभएर धेरै प्रकारका फाइदा हुन्छन् । यसलाई बिहानको डाइट वा ओटमिलसँगै खाँदा यसको न्युट्रिशियन भ्यालु बढ्ने र यसले तपाईको शरीरमा इम्युनिटी बढाउन सहयोग गर्दछ ।

वि.सं.२०७७ पुस १९ आइतवार १६:१७ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...