back
CTIZAN AD

कोइरालाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

वि.सं.२०७७ पुस १९ आइतवार

723 

shares

१९ पुष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरञ्जन कोइराला (निरु)को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय कोइरालाको निधनको खवरले स्तव्ध भएको बताएका छन् ।

कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा पार्टी तथा व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिकसञ्जालमार्फत कोइरालाको निधनमा दुःख व्यक्त गरेका छन । नेता पौडेलले कोइरालाको निधनले उनको परिवारलाई मात्रै नभई सिंगो पार्टीलाई नै अपुरणिय क्षति पुगेको बताएका छन् ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता शेखर कोईरालाका सरोदर दाजु निरञ्जन कोइराला (निरु)को आज निधन भएको हो ।
कोभिड संक्रमण देखिएपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत कोइरालाको आज बिहान ११ बजे निधन भएको हो ।

केशव कोइराला र नोना कोइरालाका सुपुत्र स्वर्गीय निरन्जन कोइराला निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्बाह गरेका एक कुशल नेता थिए । उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत रहेका थिए ।

कोइरालाको निधनमा काँग्रेसका नेता कार्यकर्ताका साथै वरिष्ठ राजनीति, बुद्धिजीविहरुले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७७ पुस १९ आइतवार १९:०२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...