back
CTIZAN AD

काँग्रेसद्वारा देशव्यापी आन्दोलनको घोषणा

वि.सं.२०७७ पुस १९ आइतवार

726 

shares

१९ पुष, काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

आन्दोलन वा संसद पुनस्र्थापना भन्ने बारे स्पष्ट हुन नसकेको काँग्रेसले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकले विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै ६ हजार सात सय ४३ वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

आफ्नो लाइन क्लियर गर्न नसकिरहेकै अवस्थामा पनि काँग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध अब आन्दोलनमा जानुपर्ने बताएपछि आन्दोलनका कार्यक्रम तय गरिएका थिए ।  प्रतिनिधि सभा विघटनको विषय सर्वाेच्च अदालतमा रहेको हुँदा यसबारे अहिल्यै धारणा बनाउन नहुने बताउँदै आएका देउवाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेको हुँदा अब आन्दोलनमा जानुपर्ने बताएका थिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति देउवालाई प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध आन्दोलनमा जान दबाब दिएका थिए । नेताहरुको दबाबमा परेर सभापति देउवाले पार्टी आन्दोलनमा जानुको विकल्प नभएको धारणा राख्न बाध्य बनेको एक केन्द्रीय सदस्यले बताए ।

वि.सं.२०७७ पुस १९ आइतवार १८:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...