२० पौष, काठमाडौं । विभिन्न अनलाइन मिडियाहरूमा नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकले गम्भीर ध्यानाकर्षण गरेको छ ।
यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा बैंकले प्रष्ट परेको छ । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १०:५८ मा प्रकाशित






























