२० पौष, काठमाडौं । सिद्धार्थ बैंकले १९औं बार्षिक साधारणसभा आह्नन गरेको छ । बैंकले उक्त सभा माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा बोलाएको हो।
बैंकले आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गरी वितरण गर्नेछ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीका लागि ढोका खुल्ला गरी सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
उक्त साधारणसभामा संस्थापक समुहबाट ३ जना र २ जना सर्वसाधारण समूहबाट गरी ५ जना सञ्चालकहरु निर्वाचन गर्ने उल्लेख गरेको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १३:१४ मा प्रकाशित






























