२१ पुस, काठमाडौं । नेपाली निर्यात क्षेत्रको समग्र विकास, विस्तार,संरक्षण तथा प्रवर्द्धनका लागि ५ औँ निर्यात दिवस मनाईने भएको छ । ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मुल आधार’ भन्ने नाराका साथ निर्यात दिवस मनाउन लागिएको हो ।
सोमबार छाया सेन्टरमा पत्रका सम्मेलन गर्दै भोलि पुस २२ गते निर्यात दिवस मनाउन लागिएको परिषदका अध्यक्ष हरी बहादुर कार्कीले जानकारी दिए । वि.स २०५३ सालमा स्थापना भएको परिषदले नेपालको निर्यात क्षेत्रको प्रवर्द्धन र निर्यात व्यवसायमा सम्लग्न व्यवसायीहरुको हक हितको क्षेत्रमा काम गर्दै आएको पनि उनले जानकारी दिए ।

नेपालले ब्यहोर्दै आएको व्यापार घाटालाई न्यूनिकरण गर्नको लागि निर्यात जन्य बस्तुको उत्पादनमा जोड दिदै लगानी मैत्री बातावरण निर्माण गरेर नेपाली निर्यात क्षेत्रको विकास गर्नपर्नेमा कार्कीको जोड थियो ।
परिषदले नेपाली निर्यात व्यवसायीहरुको समस्या र व्यवसायीक एक्यबद्धता देखाउने उद्देश्यले निर्यात दिवस मनाउन लागिएको हो । निर्यात व्यवसायमा सरकारी निकायहरुको ध्यानाकर्षण गराउदै आयातमुखि हालको अवस्थामा सुदार गर्दै निर्यातमुखि व्यापारको अवस्था सृजना गर्ने परिषदको प्रमुख उद्देश्य रहेको कार्कीले जानकारी दिए ।
वि.सं.२०७७ पुस २१ मंगलवार ११:५२ मा प्रकाशित






























