२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा भंग भएको विरोधमा अनेरास्ववियूले पुष २१ देखि २९ गतेसम्मका लागि दोश्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
यस्ता छन् आन्दोलनको कार्यक्रमहरु
संगठनका अनुसार पुष २१ गते ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने तथा प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र कोणसभा गर्ने ।
पुष २२ गते उपत्यकामा लाल्टिन जुलुश र उपत्यका बाहिर आवस्यकता अनुसार लालटिन/सिठी/ लाठी जुलुश गर्ने ।
पुष- २३ गते देशव्यापीरुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने ।
पुष -२४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने ।
पुष- २५ गते असंबैधानिक कदमविरुद्ध सडकमा बहस गर्ने ।
पुष- २६ गते बयलगाडा प्रदर्शन गर्ने ।
पुष- २७ गते प्रतिगमनकोविरुद्ध सडक कविता/गीत/गजल कार्यक्रम गर्ने ।
पुष- २८ गते सडक नाटक/सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गर्ने ।
पुष -२९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने बताइएको छ।
त्यसैगरी तेस्रो चरणको कार्यक्रम माघ १ गतेदेखि सुरु हुने पनि सहसंयोजक रन्जित तामाङले जानकारी दिएका छन् ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:१४ मा प्रकाशित






























