back
CTIZAN AD

घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि, मौरीपालक किसान खुशी

वि.सं.२०७७ पुस २१ मंगलवार

1.9K 

shares

२१ पुस, लमजुङ । वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५÷६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ ।

मह उत्पादन राम्रो भएपछि मौरीपालक किसान खुशी भएका छन् । प्रतिकिलो रु साढे ८०० देखि ९०० मा मह बिक्री वितरण गर्दै आइरहेका छन् । जिल्लामा उत्पादन गरिएको मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहर बजारमा खपत हुँदै आएको किसानको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, चरण क्षेत्र पर्याप्त भएको, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन वृद्धि भएको बेँसीशहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले बताए । उनले गत वर्ष साढे आठ क्वीन्टल उत्पादन गरेका थिए भने यस वर्ष त्यसमा आधा क्वीन्टल मह उत्पादनमा वृद्धि भयो । ‘‘डेढ लाख मौरी घारबाट यस वर्ष नौ क्वीन्टल मह उत्पादन भएको छ’’, उनले भने । उनले यतिका मह उत्पादन गरेर यस वर्ष रु आठ लाख १० हजार आम्दानी गरेका छन् ।

सुन्दरबजार नगरपालिका–५ तार्कुका मौरीपालक किसान बिक्रम गुरुङले गत वर्षभन्दा यस वर्ष करीब दुई क्वीन्टल मह उत्पादन गरेको भने यस वर्ष करीब पाँच क्वीन्टल मह उत्पादन गरेको बताए । गत वर्षभन्दा यस वर्ष मह राम्रो भएकाले यस वर्ष चार पटकसम्म मह काड्नु परेको मौरीपालक किसान गुरुङको भनाइ छ ।

उनीहरुको मात्र नभई यस वर्ष जिल्लाका जनक तिवारी, विष्णु राना, केशबहादुर गुरुङ, बोधराज थापा, यमबहादुर गुरुङलगायत मौरीपालक किसानको मह उत्पादनमा राम्रो भएको बताइएको छ । त्यस्तै बेँसीशहर नगरपालिकाभरिका किसानले यस वर्ष २६ क्वीन्टल मह उत्पादन गरेका छन् भने गत वर्ष २४ क्वीन्टल मात्र उत्पादन भएको थियो । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् ।

यस शाखामा दर्ता भएका जिल्लाका ३८२ जना मौरीपालक किसान रहेका छन् । मौरीपालनतर्फ किसानको चासो बढेको र मौरीपालन व्यवसाय गर्ने किसान बढ्न थालेकाले आगामी वर्षमा झन् वृद्धि हुने आशा गरिएको शाखाका अध्यक्ष ललित गुरुङले बताए । उनले भने, “मह बिक्रीबाट जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाअन्तर्गत गत वर्ष कृषि ज्ञान केन्द्र कार्यालयले जिल्लाको बेँसीशहर नगरपालिकाको वडा नं। २, ४ र सुन्दरबजार नगरपालिका–५ लाई समेटेर मौरी क्षेत्र बनाइएपछि पाँच हजार मौरी घारमा मौरी व्यवसाय भइरहेको उक्त शाखाले जनाएको छ ।

मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहित मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेको थियो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:१२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...