back
CTIZAN AD

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ देखि खुल्दै

वि.सं.२०७७ पुस २१ मंगलवार

636 

shares

२१ पुस, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आइपिओ) माघ २ गतेदेखि निश्कासन हुने भएको छ। आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटलले बिक्री प्रबन्धकको जिम्मा लिएको छ।

आइपिओको लागि आवेदन दिन चाहानेले माघ २ गतेदेखि ६ गतेसम्म दिन सक्ने छन् । यदी उक्त अवधिमा खुलाईए जति आबेदन नपरेको हकमा भने माघ १६ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो। जसमध्य १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छभने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ।

हाल नेपाली सेयर बजारमा आइपिओ आवेदन दिनेको संख्या ९ देखि १० लाखसम्म रहेको छभने पछिल्लो बजारको चहलपहलका कारण यो संख्या बढ्ने देखिन्छ । पछिल्लो व्यवस्थाअनुसार पुगेसम्म सबैलाई १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने छ । यदि उक्त परिणाममा बाँडफाँड गरि बाँकी रहेमा १० ले गुणा जाने अंकले सेयर पाउने छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १४:०५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...