back
CTIZAN AD

दुईदिनमा देशका सात ठाउँमा आगलागी हुँदा एकको मृत्यु, झन्डै ४५ लाखको क्षती

वि.सं.२०७७ पुस २१ मंगलवार

705 

shares

२१ पुष, काठमाडौँ । आईतबार र सोमबार देशका सात ठाउँमा आगलागी हुँदा एकजनाको मृत्यु र विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

राष्ट्रिय विपद् जोखिम् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धनुषाको बिदेह नगरपालिकामा आगो ताप्ने क्रममा सारी बाट आगो सल्किइ घाईते भएकी ७० वर्षीया  महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, उदयपुर ताप्ली गाउँपालिकामा एक घरमा अचानक आगलागी हुँदा दुई घर जलेर नष्ट, अन्नपात, लत्ताकपडा, गोठ, नगद सहित जली १४ लाख बराबरको क्षति भएको छ ।

सर्लाही, बरहथवा नगरपालीका स्थित माछा बजारमा अचानक एक घरमा आगलागी हुँदा किराना पसलको गोदाममा रहेका सामानहरु पूर्णरुपमा जली १४ लाख बराबरको क्षति भएको छ ।

रामेछाप, मन्थली न.पा स्थित च्याकेठाक भज्याङ्ग स्थित एक गोठमा आगलागी हुँदा गोठ पुर्ण रुपमा जलेर एउटा गाईको मृत्यु भई २ लाख ४५ हजार बराबरको क्षति भएको छ ।

मोरङ्ग, रावावेशी गाउँपालीका, देउराली स्थित एक मतानमा आगलागी हुँदा एउटा खशी र १५ वटा कुखुरा, काठपात पुर्णरुपमा जली नष्ट हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

बाजुरा, त्रिवेणी न.पा पन्धारा स्थित एक गोठमा बालेको आगो सल्केर आगलागी हुँदा एउटा गाई जलेर मृत्यु भएको छ ।

सुनसरी, रामधुनी नगरपालीका स्थित मौरीको घारमा आगो लगाउने क्रममा आगलागी हुँदा गोठ पुर्णरुपमा जलेर नष्ट राष्ट्रिय विपद् जोखिम् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १४:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...