back
CTIZAN AD

उपत्यकामा उच्च वायु प्रदूषणः विशेष साबधानी अपनाउन विभागको अनुरोध

वि.सं.२०७७ पुस २१ मंगलवार

603 

shares

२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि उच्च वायु प्रदूषण बढेपछि वातावरण विभागले आवश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
काठमाण्डौंमा बिहान र बेलुका उच्च बायु प्रदूषण बढेकाले आवस्यक काम बाहेक बाहिर ननिस्कन र विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको हो ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पुष २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाईएको छ । यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।’

विशेष गरी बालबालिका, वृद्धवृद्धा र दम खोकी जस्ता श्वास प्रश्वास सम्बन्धी विरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र सबै नागरिक घरबाहिर निस्कदा बिशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौं बाहेक तराइ क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगर क्षेत्रका नागरिकले पनि विशेष सावधानी अपनाउन अनुरोध गर्दै विभागले भनेको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा खराव समेत हुने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ ।’ विभागले भनेको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १७:३८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...