back
CTIZAN AD

तनाब बढ्न नदिन स्वास्थ्य मन्त्रालयको नयाँ निर्णय

वि.सं.२०७७ पुस २१ मंगलवार

774 

shares

२१ पुष, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा परीक्षण गराउँदा तनाब बढ्न जाने भन्दै नयाँ निर्णय सार्वजनिक गरेको छ ।

कोभिड १९ संक्रमण पुष्टि भएका तर लक्ष्ण चिन्ह नदेखिएका व्यक्तिहरुमा दस दिनपछि बिना परीक्षण जनस्वास्थ्यका मापदण्ड अपनाइ दैनिक जीवनमा र्फकने सकिने व्यवस्था रहे पनि केही व्यक्तिहरुले यस्तो अवस्थामा अनावश्यक रुपमा परीक्षण गर्ने गर्दा यसले स्रोतसाधनको दुरुपयोग हुनुका साथै सम्बन्धित व्यक्तिहरुमा मानसिक तनाबसमेत बढ्न जाने ठहरका साथ मन्त्रालयले निर्णय सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा कतिपय व्यक्तिहरु आइसोलेसन सेन्टरहरु तथा अस्पतालहरुमा भर्ना भएर लामो समय रहने र पटकपटक परीक्षण गरिरहने र नतिजा नआउन्जेल डिस्चार्ज समेत नहुने कार्य गर्ने गरेको प्रति पनि आक्रोश जनाइएको छ ।

‘कतिपय व्यक्तिहरु आइसोलेसन सेन्टरहरु तथा अस्पतालहरुमा भर्ना भएर लामो समय रहने र पटकपटक परीक्षण गरिरहने र नतिजा नआउन्जेल डिस्चार्ज समेत नहुने कार्य गर्नाले धेरै नकरात्मक असरहरु हुनसक्ने तथा त्यसले स्रोतसाधनको दुरुपयोग हुनुको साथै सम्बन्धित व्यक्तिहरुमा मानसिक तनाब समेत बढ्न सक्ने’ उल्लेख छ ।

त्यस्तै कतिपय व्यक्तिहरु कोरोना संक्रमित पुष्टि भई स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल नपुग्नाले उपचार आदिमा ढिला भई ठूलो जोखिमको अवस्था देखिएको’ पनि विज्ञप्तिमा भनिएको छ ।

डा गौतमले सोमबारको सचिव स्तरीय बैठकको मन्त्रीस्तरीय निर्णय अनुसार परीक्षण गराउन र संक्रमण पुष्टि भएपछि जहाँ बसेपनि स्वास्थ्यकर्मीको निगरानीमा रहन अनुरोध पनि गरेका छन् ।

वि.सं.२०७७ पुस २१ मंगलवार १९:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...