back
CTIZAN AD

स्याङ्जामा ओली खेमा लोकप्रिय बन्दै, कंग्रेसबाट ५० जना प्रवेश

वि.सं.२०७७ पुस २१ मंगलवार

1.7K 

shares

स्याङ्जा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजनतर्फ अगाडि बढिरहेको बेला स्याङ्जा जिल्लामा भने ओली खेमा लोकप्रिय बन्दै गएको छ । नेकपा स्याङ्जाले आईतवार चापाकोट नगरपालिकामा आयोजना गरेको कार्यक्रममा ५० जना नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्ता पार्टीमा प्रवेश गरेकाछन ।

आ-आफ्नो खेमा बलियो बनाउनका लागि नेकपाका दुबै खेमाले यतिबेला स्थानीय स्तरसम्म पार्टी संगठनको भेला, बैठक र प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छ्न । ओली खेमाको पालिकास्तरिय भेला प्रशिक्षणको क्रममा कंग्रेसबाट ठूलो संख्यामा पार्टी प्रवेश गरेको नेकपाका केन्द्रिय सदस्य तथा नगर कमिटी सचीव राजु कोइरालाले सन्सार न्युजलाई बताए । कोईरालाका अनुसार तरुण दलका नगर स्तरीय नेता सुरज गहतराजको नेतृत्वमा वडा नं. १ बाट तरुण दलका वडा अध्यक्ष मोहन राना सहित ५० जना पार्टीमा प्रवेश गरेका हुन ।

राष्ट्रियता र समृद्धिको विषयमा केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै सहि रहेको बताउंदै नव प्रवेशीहरुले यतिबेला सबै नेपालीले ओलीको नेतृत्वमा रहेको राजनैतिक अभियानलाई साथ दिनुको विकल्प नरहेको बताए ।

नेकपा चापाकोट नगर कमिटीले आयोजना गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सचीव गोविन्द नेपाली, केन्द्रिय सदस्य जिल्ला समन्वय प्रमुख सीता सुन्दास, केन्द्रिय सदस्य जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, केन्द्रिय सदस्य मुक्ति पाठक, केन्द्रिय सदस्य किशोरबिक्रम मल्ल, केन्द्रिय सदस्य सरस्वती भट्टराई र अर्का केन्द्रिय सदस्य पुण्य भुसाल लगाएतले मन्तव्य राखेका थिए । जिल्ला सदस्य राजु भट्टराईले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रिय सदस्य तथा नगर कमिटी सचीव राजु कोइरालाले गरेका थिए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १८:५३ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...